नियम ५३ख
तालीम दिनु पर्ने
(१) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले तालीम प्रदायक संस्थाहरुसँग समन्वय गरी प्रत्येक निजामती
कर्मचारीलाई तीन वर्षमा कम्तीमा एक पटक पाँच कार्य दिन वा सो भन्दा बढी अवधिको तालीम दिने व्यवस्था मिलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तालीम दिन आवश्यक बजेट प्रत्येक कार्यालयले आफ्नो वार्षिक बजेट तथा कार्यक्रममा समावेश
गर्नु पर्नेछ ।